सिराहा । सिरहा नगरपालिका १७ कालिन्चोक चेकप्वाइंटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ४५० मिलिग्राम पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका १ बस्ने ४३ वर्षीय सत्यन्द्र पंजियार र मिर्चैया नगरपालिका ६ बस्ने २० वर्षीय सरोज कुमार साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय माडर सिराहासमेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ४३३९८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




