इलाम । इलामको रोङ गाउँपालिका ३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ । इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका ६ खादीगाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।




