बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित प्रतिक्षालय नजिकै सोमबार एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ७० वर्षीय ती पुरुषको नाम, थर, वतन खुलेको छैन । स्थानीयले प्रतिक्षालय नजिकै अचेत अवस्थामा भेटिएका थिए । प्रहरी घटनास्थलमा पुग्दा ती वृद्धको मृत्यु भइसकेको थियो ।
मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने उनको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।




