खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका १ बराहपोखरीको डाँडाखर्कका युवा युवती मृत भेटिएका छन् । बुधबार बिहान गाउँको दारेगौंडा जंगलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत भेटिएका हुन् ।
सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिब २५ मिटरको दूरीमा शिखर झुण्डिएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए ।
सरिता विवाहित हुन् भने शेखर अविवाहित । प्रहरी चौकी बराहपोखरीको टोलीले घटनास्थल भएको जंगललाई सुरक्षित गरिसकेको र आफू घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताए ।




