काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका ८ स्थित एक होटलमा एक महिला मृत फेला परेकी छन् । बनेपाको होटल भ्यू पाहुना घरमा बिहीबार साँझ ५:३० बजे ती महिला मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्, जो रामेछापकी स्थायी बासिन्दा तथा बनेपा ६ निवासी थिइन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर खड्काले घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा हत्या भएको आशंका गरिएको बताए । उनले घटना बारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।




