पर्सा । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब ४ ग्राम ४६ मिलिग्राम पदार्थसहित मकवानपुर, हेटौंडा उपमहानगरपालिका १७ हटिया टोलका २१ वर्षीय मिन बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका अधिकारीलाई शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकारीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।




