कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ रानामार्गस्थित सडकमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । से २ त २२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय प्रकाश केसी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ ।




