कैलाली । कैलाली जिल्लामा प्रहरीले दुई अलग अलग स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ व्यारेलबाट मंगलबार राति २१ वर्षीय सुशिल रानालाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने ३ ग्राम १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, टीकापुर नगरपालिका ९ खक्रौलाबाट खैरो हेरोइन जस्तो देखिने ४ सय १० मिलिग्राम लागूऔषधसहित लम्कीचुहा नगरपालिका २ निवासी २५ वर्षीय राहुल शाहीसहित दुई जनालाई मंगलबार बेलुकी पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार कालाकुण्डा प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको सु प प्र ०१-०१२ प १८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




