सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाको २४ दिनपछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको हो । घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ ।
माघ २७ गते करिव ७ बजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो । विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
रिंकु माघको ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थप्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




