धनुषा । जनकपुरधाम उपमहानगरपालिका १२ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १ ग्राम २२० मिलिग्राम पदार्थसहित एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका १ मिल्स एरिया बसोबास गर्ने एकजनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
हाल पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




