महोत्तरी । रामगोपालपुर नगरपालिका ९ खोपिस्थित सडकमा रथ दुर्घटना हुँदा १२ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार राति एएस ०२-४७७५ नम्बरको रथ पल्टिएर दुर्घटना हुँदा भारत, बिहार सितामढी सोनवर्षाका रूदल रामका छोरा आदित्य रामको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जानकी एकेडेमी पर्सा अस्पताल पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका रथ चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




