कैलाली । टीकापुर नगरपालिका ९ खक्रौलाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध स्पास्पेन २४० ट्याब्लेटसहित टीकापुर नगरपालिका १ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको थियो । हाल पक्राउ परेका दुवै जना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




