धनुषा । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १८ वर्षीय आँशु यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




