जनकपुर । जनकपुर न्युरो अस्पतालबाट बिरामी लिएर काठमाडौं जान लागेको स १ च १३९२ नम्बरको एम्बुलेन्सले सोही दिशा तर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटना रम्दैया भवाडी क्षेत्रमा भएको हो । अटोमा सवार लक्ष्मीनिया गाउँपालिका ७ निवासी अन्दाजी २४ वर्षीय अर्जुन यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भयो ।
यस घटनामा अटो चालकसहित अन्य दुई जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटना बारे अनुसन्धान अघि बढाएको छ ।




