धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये सोही नगरपालिका ५ बस्ने ३८ वर्षीय अरूण कुमार ठाकुर प्रमुख अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रबार बेलुकी जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कैलाश खातीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेकासँग २ लाख ३० हजार २ सय ३० नेपाली रूपैयाँ, ४ सय ३० भारतीय रूपैयाँ र ४ सय ८६ मलेसियन रिङ्गिट बरामद गरेको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




