महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ सुगामा एक बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । गम्भीर अवस्थामा रहेकी बालिकालाई जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
प्रारम्भिक जानकारी अनुसार, आइतबार दिउँसो घटनालाई लुकाउने प्रयास गरिएको थियो, तर बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल लगिएको हो ।
प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ भने पीडित परिवारबाट उजुरी लिने प्रक्रिया अघि बढाइरहेको छ । दोषीमाथि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।




