मकवानपुर । सोमबार साँझ ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा डुबेर ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका १५ वर्षीय सुशान्त आचार्य, १४ वर्षीय प्रवेश घोरासैनी र ११ वर्षीय प्रभात घोरासैनी रहेका छन् । सुशान्त आचार्य, काभ्रे नमोबुद्ध नगरपालिका १० फुलबारी दाप्चा घर भएका उमेश घोरासैनीका छोरा थिए ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका यी तीन बालकलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर ल्याइएको थियो, तर उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस घटना सम्बन्धी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




