कैलाली । धनगढी उपमहानगरपालिका ८ स्थित क्याम्पस चोकमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
मंगलबार दिउँसो सु प प्र ०१–००२ त ४०१५ नम्बरको ट्याक्टरले सु प प्र ०१–०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो । उनी धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँका बासिन्दा थिए ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो । तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।






