मोरङ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका १ बस्ने २० वर्षीय आबिद अलि (मिया) लाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, अलिले ती १६ वर्षीया बालिकालाई ललाईफकाई सोही गाउँपालिका १ अन्तर्गत सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए ।
घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय हरैंचामा उजुरी दिएपछि बिहीबार बिहान खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । कानुनी प्रक्रिया अघि बढाइँदै छ भने पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।






