सिन्धुली । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीमाथि जबरजस्ती करणीको गम्भीर आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक महिलाले मेयर अधिकारीविरुद्ध बलात्कारको जाहेरी दिएकी हुन् ।
पीडित महिलाले दिएको जाहेरी अनुसार, मेयरसँगको जबरजस्ती सम्बन्धका कारण आफू गर्भवती बनेको र करिब दुई महिनाअघि शिशु जन्मिएको खुलासा गरेकी छन् । उनी हाल जन्मिएको शिशुका साथ प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी हुन् । घटना सार्वजनिक भएपछि मेयर अधिकारी हालसम्म सम्पर्कविहीन छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उजुरी परेपछि उनी फरार भएका हुन् । दुधौली नगरपालिकाका उपमेयर चन्द्रकिशोर थारुले पनि मेयर आज कार्यालयमा अनुपस्थित रहेको पुष्टि गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।




