सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका ७ हैठीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । बोदेबरसाइनबाट देउरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले बुधबार राति सोही ठाउँका ६२ वर्षीय पैदलयात्री शिवराम मण्डललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मण्डलको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी सोही दुर्घटनामा परेका अर्का एक पैदलयात्री पनि घाइते भएका छन् । उनी अहिले सोही अस्पतालमा उपचाररत छन् । दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । हाल फरार चालक र मोटरसाइकलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




