सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका २ बाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ४ निवासी २३ वर्षीय दिपक साह रहेका छन् ।
शनिबार दिउँसो प्रहरीले पर्सा गाउँपालिका २ को क्षेत्रबाट उनलाई १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रहरी चौकी नारायणपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर प्रहरीले हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




