पाकिस्तानमाथिको आक्रमणले इन्डियन सरकार एक्लो भएको कुरा विश्वसामु उदाङ्गो भयो । पचास वर्षपछि कश्मीर विवाद अन्तर्राष्ट्रियकरण हुन पुग्यो ।
१. आफैले आफैलाई विश्व गुरु घोषणा गरेको मोदी सरकार हालको घटनाले नराम्रोसँग झस्किएको छ । पचास वर्ष पछि कश्मीर विवाद एक्कासी अन्तराष्ट्रियकरण भएको छ, जुन कुरालाई इन्डियाले अस्वीकार गर्दै आएको थियो । यो मामलामा मोदी सरकार झन नराम्रो संग फेल भएको प्रतीत हुन्छ बाहिरबाट हेर्दा ।
२. कश्मीरी घटनाको बहानामा पाकिस्तानमाथि रेडिमेड आरोप लगाएर आफू माथि विश्व जनमत बटुल्न खोजेको इन्डियाले कुनै पनि देशको सरकारले, पाकिस्तानमाथि इन्डियन आक्रमणको समर्थन गरेनन् यो पटक ।
घोर अचम्मको कुरा, यो लडाइँमा उसले कसैको पनि भौतिक त के, नैतिक साथ समेत पाएन । सिर्फ इजरायल बाहेक कसैले पनि पाकिस्तानमाथिको इन्डियन आक्रमण समर्थन गरेनन् । इजरायली सरकारले समर्थन गर्नुको पछाडि मूलत दुई कारणहरू देखिन्छन् ।
३. इन्डियनहरुको सबै छिमेकी राष्ट्रहरू पूर्ण रूपमा रुष्ट छन् सिर्फ नेपालका शासकहरू बाहेक । स्वयम इन्डियाको लागि नेपाल सत्रु राष्ट्र हो तर नेपालको लागि छिमेकी मित्र राष्ट्र हो । नेपालीले त्यही मान्दै आएका छन् । तर नेपालको यो महानतालाई इन्डियन सत्ताले हरक्षण कुल्चँदै आएको छ । नेपालीहरुको उदारतालाई उसले कमजोरी ठानेर सोही अनुसारको दुर्व्यवहार गर्दै आएको छ । यो हुनुको प्रमुख कारण नेपाली शासकहरू हुन पक्कै पनि ।
४. नेपालका शासकहरूको आफ्नो छुट्टै पहिचान, गरिमा र गौरव त के विदेशीहरूको नजरमा मौलिक अस्तित्व समेत नभएको हुँदा, नेपालका शासकहरूको समर्थन वा विरोधको कुनै तुक छैन र बरु विदेशीहरू हाँस्छन्, नेपालको अवस्था देखेर ।
५. अर्को तर्फ पाकिस्तान एक्लो छैन । उससँग कम्तीमा पनि उदाउँदो सिंगो चिनियाँ समर्थन छ । चिनियाँ लगानी पनि ठूलो छ त्यहाँ । ग्वादर बंदरगाह जस्ता भविष्यको रण नैतिक महत्व बोकेको पोर्टहरु छन् । आर्थिक भौतिक र नैतिक साथ दिन चिनियाँ पक्ष तयार छ र बाध्य पनि छ ।
६. तर उदाउँदो शक्तिकै रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेको इन्डियाको पछाडि को को छन् ? सबै कुराहरू अस्पष्ट छन् । अमूक चित्रहरू छन् अगाडि । अर्थात् अवस्था हेरेर मात्र उसको पक्षमा कोही आउन सक्छ वा कोही नआउन पनि सक्छ ।
७. घटना नेपालकै हेरौं न । नेपालका राजा वीरेन्द्र र उनको परिवारको हत्या पाकिस्तानी खुफिया संस्था आइएसआई ले गरेको भनेर सार्वजनिक रूपमा अन्तरवार्ता दिने जयशंकर हालको मोदी सरकारको महत्वपूर्ण अंशको रूपमा कार्यरत छन् । अहिले कस्मिरमा भएको निर्मम हत्याको घटनाको पनि पाकिस्तानमाथि लगाइएको आरोप त्यस्तै स्तरको होइन होला भनेर भन्ने आधार के छ विश्वसँग ?
८. के वीरेन्द्रको परिवारको हत्या पाकिस्तानी खुफिया एजेंसीले गरेको हो ? के तपाईंलाई जयशंकरको यो कुरामा विश्वास लाग्छ ? नेपालको लागि राजदूत भएर आएको र अहिले मोदी सरकारको परराष्ट्र हेर्ने बहालवाला उच्चतम पदमा बसेको मान्छेले भनेको यो कुरा तपाईंलाई सही हो भन्ने लाग्छ ? तर नेपालमा एउटा त्यस्तो निश्चित समुह पनि छ, त्यसले जयशंकरहरुका कुराहरु हुबहु ठीक हो भन्छ ।
अस्तु ।






