पोखरा । पोखरामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । बुधबार ग १ ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका २२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुप नजिकै दुर्घटनामा परेको हो ।
बस सडकबाट तल खसेको र दुर्घटनामा परी २२ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
डीएसपी निरौलाका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।






