कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रहमदेवस्थित सडकमा ट्याक्टरबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरका ४२ वर्षीय नकुल राना म १ त ९२५ नम्बरको ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामै महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको भएपनि उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






