रौतहट । रौतहटको गौर नगरपालिका १ स्थित नगरपालिकाको कार्यालयअगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा परोहा नगरपालिका २ निवासी २० वर्षीय किष्ण कुमार साह र गौर नगरपालिका ५ निवासी २० वर्षीय हरिबन कुमार साह रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट फेला परेको नगद रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । प्रहरीले उक्त नगदको श्रोत बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




