सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ हरिनगर टोलमा बिहीबार बेलुकी भएको आगलागीमा एक घर र स्टोर रूममा रहेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय ५३ वर्षीय उतिमलाल मण्डलको घरमा अकस्मात् आगलागी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




