सिराहा । सखुवानान्कारकट्टी गाउँपालिका ५ महेशवारी बस्ने श्रीदेव यादवको कुखुरा फार्ममा शुक्रबार राति विद्युत् सर्ट भएर आगलागी भएको छ ।
आगलागीले कुखुरा फार्म पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । आगलागीको कारण विद्युत सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




