बारा । बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगरमा शनिबार राति भएको आगलागीबाट ठूलो धनमाल जलेर नष्ट भएको छ । स्थानीय सुरजलाल पटेलको गोठमा राति अचानक आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
आगलागीको कारण भने खुल्न बाँकी रहेको बताइएको छ । घटनास्थलमा स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट गोठमा रहेको घाँस, काठपात, घरायसी सामग्री लगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




