सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ६ मा गएराति भएको आगलागीबाट करिब २ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय जगदेव मण्डलको गोठमा अचानक आगलागी हुँदा घरायसी सामग्रीसहित गोठमा रहेको बस्तुभाउको घाँस, पराल र अन्य सामग्री जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीको खबर पाएलगत्तै स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
हाल आगलागीको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।




