रौतहट । रौतहट जिल्लाको गुजरा नगरपालिका ६ खत्बैयामा भएको आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय शेख वकिलको गोठमा मंगलबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
गोठमा रहेको पराल, घाँस, खाध्यान्न तथा अन्य घरेलु सामग्री जलेर नष्ट भएका हुन् । आगलागीको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




