रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका १ बरगिनियामा विद्युत सर्टका कारण आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय भिखारी साह कानुको घरमा मंगलबार बेलुकी अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएका छन् ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




