सिराहा । सिराहा जिल्लाको नरहा गाउँपालिका ४ मंगनिया चोकमा शुक्रबार दिउँसो भएको आगलागीमा तीन वटा पसल जलेर नष्ट भएका छन् ।
स्थानीय ३० वर्षीय भुला रायको नास्ता पसल, श्याम किशोर यादवको किराना पसल तथा महेन्द्र रायको मदिरा र घुम्ती पसलमा अचानक आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको भएपनि प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




