रौतहट । रौतहटको गौर नगरपालिका २ स्थित श्री राम जानकी कन्या आधारभूत विद्यालयको कार्यालय भवनमा शनिबार दिउँसो अचानक आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
विद्यालय प्रशासनका अनुसार आगलागीमा एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान टेबुलसहित कार्यालयमा रहेका अन्य कागजात र सामाग्री जलेर नष्ट भएका छन् ।
आगलागीको कारण यकिन भइसकेको छैन भने यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




