सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित चिरान टोलमा मंगलबार बिहान भएको आगलागीमा एक स्थानीयको गोठ जलेर करिब २ लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय नईम खाँ पठानको गोठमा बिहान अचानक आगलागी भएको हो । आगलागीबाट गोठ पूर्णरूपमा जलेको र भित्र रहेका सामग्री तथा पशुचौपायामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको जनाएको छ ।




