धनुषा । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ खतबैयामा रहेको एक हार्डवेयर पसलमा मंगलबार राति आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय महेश साह सुडीको घरमा सञ्चालित उक्त हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट पसलमा रहेका निर्माण सामग्री, उपकरण र नगद समेत जलेर नष्ट भएको जनाइएको छ ।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




