सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ स्थित एक घरमा डाँकाको समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् । बिहीबार राति भएको उक्त घटनामा कान्तलाल चौधरीको घरमा डाँकाहरूले धावा बोलेर सुनचाँदीका गरगहना र नगद लुटपाट गरेका थिए भने चौधरीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार डाँकाहरूको समूहले योजनाबद्ध रूपमा घरभित्र पसेर आक्रमण गरेको हो ।
डाँकाहरूको पहिचान खुल्न बाँकी भएपनि सक्रिय खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको र दोषीहरूलाई चाँडै नियन्त्रणमा लिने प्रहरीको भनाइ छ ।




