बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका ८ कुसबार टोलमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा ५ महिनाका बालकको ज्यान गएको छ । कोल्हवीबाट सिमरा जाँदै गरेको बा २० च ८७४२ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका ४ हुलास टोल निवासी कुन्दन चौधरीका ५ महिनाका छोरा ऐलेक्स चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्कारपियोमा सवार अन्य दुई जना पनि दुर्घटनामा घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




