कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सडकमा बिहीबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । म १ क २३३ नम्बरको टिपरले म प्र ०३-०३७ प २१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक, सोही नगरपालिका ११ दिपनगरका ३० वर्षीय बिरेन्द्र थापाको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको छ ।






