सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट करिब ६ किलो अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वो रहेकी छन् ।
शुक्रबार बिहान प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ स ४१५१ नम्बरको अटो जाँच गर्ने क्रममा स्याङ्वोलाई गाँजासहित फेला पारेको हो । अटोमा सवार अवस्थामा रहेको उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गाँजा तौल गर्दा करिब ६ किलो रहेको पाइएको छ । हाल उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




