सिराहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत एक कर्मचारी परस्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेका छन् । कार्यालय सहयोगी पदमा कार्यरत राजकुमार रायलाई प्रहरीले बिहीबार दिउँसो सिरहास्थित एक घरबाट एक महिलासँग आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको हो ।
रायका विरुद्ध उनकी पत्नीले परस्त्रीसँग अनुचित सम्बन्ध राख्दै आफूलाई मानसिक र शारीरिक रूपमा पीडा दिएको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले छापा मारी राय र ती महिलालाई पक्राउ गरेको हो ।
पक्राउ परेपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजकुमार राय लामो समयदेखि सिरहाको मालपोत कार्यालयमा कार्यरत छन् ।
उनी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका सिरहा जिल्ला अध्यक्ष समेत हुन् । उनी सो संगठनको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




