कञ्चनपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मुक्तिटोल निवासी ५० वर्षीय कालु सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कालु सुनारले शनिबार घरायसी विवादका क्रममा ४८ वर्षीया श्रीमती जुना देवी सुनारको घाँटी च्यापेर गम्भीर घाइते बनाएका थिए । गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत जुना देवीको शनिबार राति मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ स्थित ट्राफिक चोकबाट कालु सुनारलाई गए राति पक्राउ गरेको हो । प्रहरीले घटना बारे थप अनुसन्धान गरी रहेको जनाएको छ ।






