सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ४ सय मिलिग्राम पदार्थसहित तीन जना युवकलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिर्चैया ५ का २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र मिर्चैया ६ निवासी २३ वर्षीय बिशाल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन अभियान तीव्र बनाएको जनाएको छ ।




