महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका ६ कोलवास्थित सडकमा रोकी राखिएको गाडीमा ज १० प ९९०७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा परि एकडारा ५ निवासी २० वर्षीय सुभम मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जनकपुरस्थित न्यूरो अस्पताल लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।




