सप्तरी । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका सप्तरीका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १३ का जय नारायण यादव उर्फ भोला यादवलाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनी जिल्ला अदालत सप्तरी, राजविराजको फैसलाले लागूऔषध (गाँजा) सम्बन्धी कसूरमा १० महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । पक्राउ परेपछि उनलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरी, राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ ।




