रौतहट । रौतहटको गौर नगरपालिका ३ स्थित बीपी चोकबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका ४ निवासी २७ वर्षीय अजय विकलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई-रिक्सामा जाँच गर्ने क्रममा विकको साथबाट फेनारगन ११० एम्पुल, डाइजेपाम ४७ एम्पुल र बुप्रेनोर्फिन ११० एम्पुल लागूऔषध फेला परेको थियो ।
प्रहरीले उक्त लागूऔषध बरामद गरी अजयलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




