रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तीपुरस्थित एक क्रसर उद्योगमा गएराति भएको भीषण आगलागीबाट ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।
संतोष साहले सञ्चालन गर्दै आएको सो क्रसर उद्योगमा राति अचानक आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीपछि स्थानीय बासिन्दा र चन्द्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले आगलागीको कारण खुल्न नसकेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




