धनुषा । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको म प्र ०२-००८ प ०६३६ नम्बरको मोटरसाइकलले शुक्रबार राति ठक्कर दिँदा सोही स्थानकी ७० वर्षीया शनिचरी महरा गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना व्यक्ति पनि घाइते भएका छन् ।
उनीहरूको जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।




