बारा । कलैया उपमहानगरपालिका २० बसतपुरका सयदुलाह मियाको घरमा गए राति विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयका अनुसार राति अचानक घरमा करेन्ट सर्ट भएपछि आगलागी भएको थियो । आगोले घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न लगायत सामग्री जलेर पूर्णरूपमा नष्ट भएको हो ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




