सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १४ स्थित सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
ग ७ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा सोही ठाउँका १९ वर्षीय विष्णु कुमार महतोको ज्यान गएको हो । गम्भीर घाइते भएका महतोको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् र हाल वीरगंजस्थित बयोधा अस्पतालमा उपचाररत छन् । दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।




